राखेप सदस्य सचिव टंक लाल घिसिङद्धारा प्रतियोगिता सफल भएकामा आभार प्रकट

Image
कास्की – राखेप सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद २०७९ मा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताएका छन । राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार संचारकर्मीसँग आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलाडीहरुको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताए । प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्टस सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौजना गरी १० हजारभन्दा बढीको सहभागिता भएको जानकारी दिए । प्रतियोगिता सफल भएकामा सद्स्य सचिव घिसिङले सबैप्रति आभार व्यक्त गरे । गण्डकीका खेलकुद पत्रकारले व्यवस्थित र जिम्मेवार हिसाबले कार्यसम्पादन गरेकोप्रति धन्यवाद व्यक्त गरे । पोखरामा यस अगाडिका प्रतियोगितामा भन्दा मिडिया सेन्टर व्यवस्थित कार्यसम्पादन, क्रियाशीलता र खटनका हिसाबले उत्कृष्ट पाएको बताए । उनले गण्डकीका पत्रकारको कार्यसम्पादन, क्रियाशीलता र खटनको उच्चमूल्यांकन नेपाली खेलकुदले गर्ने बताए ।
Tags: