‘गठबन्धनलाई जिताउनुको विकल्प छैन’ –प्रचण्ड

Image
जनकपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएकाछन् । पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको निर्वाचन सामान्य प्रक्रिया भए पनि यो खास उद्देश्यका लागि भएकाले गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताएका हुन् । विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृतिका विरुद्धमा गठबन्धन बनेको धारणा राखे । अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको निरन्तरता कै रुपमा गठबन्धन अगाडि बढेको उल्लेख गर्दै उनले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्ता एवं नेताहरुलाई निर्देशन समेत दिए । “सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच कुनै समस्या छैन”, उनले भने, “हामी यो देखाउन चाहन्छौँ कि गठबन्धनका हामी नेताहरु एक ढिक्का छौँ, हाम्रो बीचमा अहिले कुनै दरार छैन ।”  
Tags: