पाटनलाई कला र सँस्कृतिमार्फत विश्वभर चिनाउँछौं : महर्जन

Image
ललितपुर– प्रतिनिधि सभा तर्फ ललितपुर क्षेत्र नं २ का उम्मेदवार कृष्णलाल महर्जनले पाटनलाई कला र सँस्कृतिमार्फत विश्वभर चिनाउन योजनाबद्ध पहल गर्ने प्रतिबद्धता जनाएकाछन् । नेपालीहरुको कलालाई अरनिकोले विश्वभर चिनाएको सन्दर्भ उल्लेख गर्दै पाटनको कला र संस्कृतिमार्फत छिमेकी चीन र विश्वका पर्यटक तान्ने योजना बनाउने उनको भनाई छ । ‘विश्व सम्पदा सूचीमा भएका पाटन दरबार स्क्वाएर, शंखमुल सम्पदा क्षेत्र, मच्छिन्द्रनाथको जात्रा लगायतका जात्राहरु सहित मूर्त अमूर्त सम्पदाहरु विश्वस्तरमा प्रचार गर्नुपर्छ’ उनले भने । उनले आफूले पाटन केन्द्रित कार्यक्रमहरु विगतमा पटक पटक पेश गर्दा मन्त्रीहरु र तत्कालीन पार्टी अध्यक्षले अपमानित गरेको सन्दर्भ उल्लेख गर्दै महर्जनले राजनीतिक जिन्दगीमा आफूले नीजि लाभका लागि काम नगर्दा पनि अध्यक्षबाट अपमानित भएर निर्वाचन केन्द्रित काममा सोचेजस्तो गर्न नसकेको बताए। एनले पाटनमा रहेका २२ भन्दा बढी जातीय तथा भाषिक संघसंस्था र समाजहरुका विविधतायुक्त सँस्कृतिको उचित संरक्षण र प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । बाम लोकतान्त्रिक गठबन्धनमार्फत चुनावी प्रतिष्पर्धामा उत्रिनुभुएका महर्जनले गठबन्धनको संयुक्त निर्देशक तथा सल्लाहकाार समितिको वैठकमा यस्ता प्रतिबद्धता राख्दै लोकतन्त्र, राजनीतिक परिवर्तन र संविधानको रक्षाका लागि आफूले सिंगो राजनीतिमा दाउमा राखेर संघर्ष गरेको बताए । पाटनवासीले लोकतन्त्र, गणतन्त्र, संविधान र जनताको अधिकारका लागि विभिन्न समयमा गरेका संघर्षहरुको स्मरण गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका उम्मेदवार महर्जनले मतदाताको शीर झुक्ने गरी कुनै काम नगरेको र नगर्ने दृढता दोहोर्याए । कार्यक्रममा गठबन्धनका तर्फबाट २(१) तर्फको उम्मेदवार रिसा श्रेष्ठ र २२(ख) तर्फको उम्मेदवार रामकृष्ण चित्रकारले सङ्घ प्रदेश र स्तानीय सरकारको समन्वय र परिचालनमा ललितपुर २ लाइ देशकै नमूना क्षेत्र बनाउन बताए।  
Tags: