स्पेनका लागि नेपाली राजदुत पराजुलीद्वारा त्यहाका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस

Image
स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको पत्र बुझाउनु भएको छ । शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उहाले आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभएको हो । ओहोदाको पत्र बुझाए लगत्तै राजदुत पराजुलीले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता गर्नुभएको दुतावासले जनाएको छ । म्याड्रिडमा रहेको नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त अवसरमा द्विदेशीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा समेत छलफल भएको जनाएको छ । राजा फेलिपेले राजदूत पराजुलीलाई बधाई दिनुका साथै नेपालको अनौपचारिक भ्रमणको सम्झना गर्नुभएको थियो । साथै उहांले फेरि कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताउनु भएको राजदुत पराजुलीलाई उद्रित गर्दै दुतावासले जनाएको छ । राजा फेलिपेले राजदूत पराजुलीको सफल कार्यकालको कामना गर्दै वितेका वर्षहरुमा नेपाल तथा स्पेनबीच सम्बन्ध विस्तार हुँदै गएकोमा खुसी ब्यक्त गर्नुभयो । स्पेनका राजाले कोभिड महामारी र नेपालमा हालै आएको बाढीका कारण ज्यान गुमाएका नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो । सो अवसरमा राजदूत पराजुलीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश सुनाउनु भएको थियो । राजदूत डा. पराजुलीले कोभिड–१९ को महामारीको बेला स्पेन सरकारको मानवीय सहायताका प्रति आभार प्रकट गर्दै सुन्दर मुलुक स्पेनमा न्यानो स्वागत गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । राजदूत पराजुलीले परराष्ट्र नीतिदेखि लिएर नेपालको विकास योजना र कार्यक्रमलगायतका विविध विषयमा पनि राजा फेलिपेलाई अवगत गराउनु भयो । उहाले दुई देश र जनताबीच विद्यमान द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न अथक प्रयास गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । समारोहमा स्पेनको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल तथा महासचिव, राजदरबारका चिफ प्रोटोकल अफिसर, नेपाली दूतावासका कर्मचारीहरु तथा स्पेनी सञ्चार माध्यमका प्रतिनिधिहरु पनि उपस्थित थिए । राजदुत डा. पराजुलीले यस् अघी राजनीतिक नीयुक्ती मार्फत ओमानका लागि पहिलो राजदुतको रुपमा काम गरिसक्नुभएको छ । ओमानमा रहदा उहाले दुई देश बिचको कुटनीतिक सम्बन्ध, र त्यहा कार्यरत नेपालीका हितमा काम गरेको ईतिहास छ । यस् अघी राजदुतको रुपमा ओमानमा रहदा उहाले नेपाल ओमान मात्रै नभएर मध्यपुर्वका अन्य नेपाली गन्तब्यमुलुकहरु सँग समेत कुटनितिक सम्बन्ध विस्तार गर्नुभएको थियो । नेपाल-स्पेन सम्बन्ध नेपाल र स्पेनबीच मे १३, १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल सरकारले २० फेब्रुअरी २०१७ मा म्याड्रिडमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो। स्व.राजा वीरेन्द्र र स्वर्गीय रानी ऐश्वर्याले सन् १९८३ मा स्पेनको राजकीय भ्रमण गरेका थिए। स्पेन भ्रमणको क्रममा दुई देशबीच सांस्कृतिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह देव र महारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहको निमन्त्रणामा स्पेनका राजा खुआन कार्लोस र रानी सोफियाले सन् १९८७ मा नेपालको राजकीय भ्रमण गरेका थिए । सन् १९८४ जुलाईमा स्वर्गीय राजा वीरेन्द्रले स्पेनका राजा, स्पेनी जनता र स्पेन सरकारलाई हिमालयन रेड पाण्डाको एक जोडी उपहार दिएका थिए। भरतबहादुर रायमाझीलाई स्पेनका लागि नेपालको पहिलो राजदूतमा नियुक्त गरिएको थियो। उनी दूतावास स्थापना गर्न १० जनवरी २०१८ मा म्याड्रिड पुगेका थिए। नयाँ दिल्लीस्थित स्पेनको आवासीय दूतावासले नेपाललाई समेत हेर्दै आएको छ।
Tags: