रोटरी क्लब अफ गोंगबुमा डिस्ट्रिक गर्भनरको अफिसियल भ्रमण

Image
काठमाडौं– रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिस्ट्रिक गर्भनर जितेन्द्र बहादुर राजभण्डारीले शुक्रबार रोटरी क्लब अफ गोंगबुको अफिसियल भ्रमण गरेकाछन् । भ्रमण क्रममा उनले क्लबको वोर्ड तथा रोट्रयाकसँग छलफल समेत गरेका थिए । भ्रमणको क्रममा राखिएको विशेष कार्यक्रममा बोल्दै उनले रोटरी क्लब अफ गोंगबुको सक्रियताको प्रशंसा समेत गरेका थिए । सो क्रममा उनले समर्ग रोटरीको अभियानलाई सार्थकता तुल्याउन क्लब र तिनका सदस्यसम्मको भूमिका प्रभावकारी हुनुपर्ने भन्दै सक्रियतको लागि आग्रह गरेका थिए । कार्यक्रममा रोटरी क्लब अफ गोंगबुको रोटा एयर २०२२–२३ मा भएका क्रियाकलाप तथा योजनाको बारेमा क्लब डाइरेक्टरहरुले प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा डिस्ट्रिक गर्भनर राजभण्डारी र डिस्ट्रिक सेक्रेटरी अमित गिरीले सुझाव दिएका थिए । क्लबका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले आवश्यक सुझावलाई समेट्दै क्लबलाई थप सक्रिय बनाएर लैजाने प्रतिवद्धता जनाएका थिए । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष महेश्वरमान सिंह बस्नेत सञ्चालन सचिव अनुज श्रेष्ठ र समापन मन्तव्य क्लबका पूर्व अध्यक्ष महेश बस्नेतले गरेका थिए । क्लबका सदस्य तथा रोट्रयाकका सदस्य गरि ४० जना रोटरीयनको सहभागिता रहेको थियो ।    
Tags: