पोलयो उन्मुलनमा थप सक्रियता जरुरी : डिस्ट्रिक गर्भनर राजभण्डारी

Image
काठमाडौं– रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिस्ट्रिक गर्भनर जितेन्द्र बहादुर राजभण्डारीले पोलयो उन्मुलनमा रोटरीयनको सक्रियतालाई बढाउनुपर्ने बताएकाछन् । शुक्रबार रोटरी क्लब अफ गोंगबुको अफिसियल भिजिटको क्रममा उनले सन् २०२३ सम्म पोलियो उन्मुलन गर्ने रोटरीको विश्वव्यापी अभियान रहेको भएपनि लक्षित समयमा संभव नदेखिएको बताए । ‘पोलयो पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा मात्र उन्मुदन हुन बाँकी रहेको थियो तर अहिले अफ्रिका र न्युयोर्कमा समेत यसको भाइरस फेला परेको छ’ उनले भने, ‘पोलियो उन्मुलनमा अभियान चलाएका हामी सबै रोटरीयनहरुका लागि चिन्ताको विषय हो, रोटरीको पोलियो उन्मुलनको विश्वव्यापी अभियानमा नेपालबाट पनि रोटरीयनले थप योगदान गर्नुपर्छ ।’ अर्को प्रसंगमा उनले रोटरी पुरानो संस्था भएपनि रोटरीलाई बुझ्ने आम बुझाई फरक रहेको बताउँदै रोटरीको बास्तविकता बुझाएर रोटरीको अभियानमा धेरै भन्दा धेरै सदस्यलाई जोड्नुपर्ने बताए । कार्यक्रममा रोटरी क्लब अफ गोंगबुको रोटा एयर २०२२–२३ मा भएका क्रियाकलाप तथा योजनाको बारेमा प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा डिस्ट्रिक गर्भनर राजभण्डारी र डिस्ट्रिक सेक्रेटरी अमित गिरीले सुझाव दिएका थिए । क्लबका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले आवश्यक सुझावलाई समेट्दै क्लबलाई थप सक्रिय बनाएर लैजाने प्रतिवद्धता जनाएका थिए ।
Tags: