‘पम्फाले राम्रै गर्नुभएको छ, कृष्णलाललाई अब मन्त्री बनाउँछौं’ : प्रधानमन्त्री देउवा

Image
ललितपुर – प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर जिल्लामा मन्त्री पम्फा भुसालले राम्रो काम गरिरहेकोले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई ललितपुरवावसीले जिताउनेमा आफू विश्वस्त भएको बताएकाछन्। आसन्न निर्वाचनमा उम्मेदवारको रुपमा रहेका ललितपुर २ का प्रतिनिधिसभा उम्मेदवार कृष्णलाल महर्जनलाई अघिल्लो मन्त्रीपरिषद्मै सहभागी गराउन खोजिएको तर अन्तिम अन्तिममा मन्त्रीपरिषद् हेरफेर गर्दा काम गर्ने समय कम हुने भएकाले चुनाव पछि मन्त्री बनाउने सहमती भएको बताए । ‘कृष्णलाल महर्जनलाई मन्त्री बनाउनेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि घुमाउरो शैलीमा पक्का गर्नुभएको छ । देशैभरको सबैभन्दा इमान्दार, सरल र प्रतिबद्ध व्यक्ति कृष्णलालले आराम गर्छु भन्दा पनि पार्टीले नै एक पटक महत्वपूर्ण जिम्मेवारी लिएर ललितपुरको मुहार फेर्ने कार्यभार थपिदिएको छ’ उहाँले भन्नुभयो । पार्टीको आग्रहमा उम्मेदवार बन्नुभएका महर्जनलाई जनता र ललितपुरप्रतिको विशेष जिम्मेवारी थपिदिने सोच छ भन्दै प्रधानमन्त्री देउवाले महर्जन मन्त्री बन्ने पक्का भएको तर्फ संकेत गरे । बाम लोकतान्त्रिक गठबन्धनद्धारा आयोजित निर्वाचन परिचालन अभियानको एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ललितपुरका तीनैजना उम्मेदवारले जित्ने र राष्ट्रिय राजनीतिमा खास प्रभाव पार्ने गरी काम गर्दै आगामी ५ वर्षमा लामो समय सम्म ओझेलमा परेको विकासको प्रवाहलाई नयाँ उचाइमा लैजाने विश्वास व्यक्त गरे ।
Tags: