निर्वाचन आयोगको निर्देशन, ‘१० भन्दा बढी झण्डा नबोक्नु’

Image
काठमाडौं – निर्वाचन आयोगले चुनावी प्रचारमा प्रचार सामग्रीको सीमाबारे राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, तथा सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गरेको छ । आयोगले चुनावी प्रचार सामग्रीहरुको सीमा सार्वजनिक गर्दै जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३/४ फिटको १०–१० वटासम्म झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइने बताएको हो । उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३/४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न राख्न बाहेक अन्य प्रचारप्रसारका सामग्री राख्न नपाइने पनि आयोगले स्पष्ट पारेको छ । चुनाव प्रचार प्रसार गर्दा ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्चसम्म क्षेत्रफल भएको एउटै आकारको रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने पनि आयोगको बताएको छ ।
Tags: