शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सहयोग गर्दै

Image
काठमाडौं– शाओमीले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सांगीतिक उपकरण र खेलकुद सामग्रीहरु उपलब्ध गराएको छ । कार्यक्रमबारे बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले शाओमी सधैे काम गरेको समुदायको उत्थान गर्ने कुरामा विश्वास गर्ने बताए । ‘व्यापारको साथसाथै समुदायप्रतिको हाम्रो दायित्वको बारेमा हामी सचेत छौं । चाडपर्वहरू नजिकिँदै गर्दा दुःखमा परेकाहरुलाई सहयोग गर्ने यो भन्दा राम्रो अवसर अरु के होला । विद्यार्थीहरूसँग समय बिताउन पाउनु हाम्रो लागि एउटा फरक अनुभव थियो । अप्ठेरोमा परेकाहरूलाई हामी निरन्तर सहयोग गर्नेछौं र यो हाम्रो सानो प्रयासले निकट भविष्यमा सकारात्मक नतिजा ल्याउनेछ भन्ने मलाई विश्वास छ ” उनले भने । शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनका विद्यार्थीहरूलाई खेलकुदका सामग्री तथा संगीतका साधनहरू उपलब्ध गराउन मद्दत गरेको जनाएको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाज्युले डीएसए स्कूलका प्रिन्सिपल दयाराम महर्जनलाई सामग्री हस्तान्तरण गरेका थिए । शाओमी नेपालले टेकवान्डो जस्ता खेलकुदमा संलग्न बालबालिकाहरूलाई उनीहरूको प्रतिभा र आत्मरक्षा सीपहरू निखार्न खेल सामग्रीहरू र संगीतमा इच्छुकहरुका लागि हर्मोनियम, धिमे, सारंगी र तबला जस्ता सांगीतिक यन्त्रहरू उपलब्ध गराएको छ ।
Tags: