ट्रिटनकी सीईओ न्यौपानेलाई ‘बेस्ट ईमर्जिङ सीइओ अफ द एयर अवार्ड’

Image
काठमाडौं– ट्रिटन इन्टरनेशनल कलेजकी सीईओ रितु न्यौपाने ‘बेस्ट ईमर्जिङ सीइओ अफ द एयर अवार्ड’ बाट सम्मानित भएकी छिन् । युनाइटेड अरब इमिरेट्स (दुबई) मा आयोजित एक कार्यक्रमकाबीच गत बिहीबार न्यौपानेलाई शैक्षिक क्षेत्रको ‘बेस्ट ईमर्जिङ सीईओ अफ द एयर अवार्ड’बाट सम्मानित गरिएको हो । नेपाल विजनेश काउन्सिलका अध्यक्ष डा.असिफ अली सिद्धिकी र दुबई सरकारका सहसचिव मोहम्मद हुसेनले सम्मान गरेका हुन् । अवार्ड पाएसँगै न्यौपानेले उक्त सम्मानले शैक्षिक क्षेत्रप्रति थप जिम्मेवार बोध गराएको बताएकी छिन् । ‘यो सम्मान मेरो ठूलो सफलता हो, अवार्डले आगामी दिनमा थप सशक्त भएर अगाडि बढ्न उर्जा मिलेको छ’ उनले भनिन्, ‘योसँगै आगामी दिनमा शैक्षिक क्षेत्रमा थप योगदान दिने कुरामा प्रतिवद्ध छु ।’ त्यस्तै सीइओ न्यौपानेले उक्त सम्मान शैक्षिक अवसरको प्रवद्र्धन गर्ने मिसनको बलियो खुड्किला बनेको समेत बताएकी छिन् ।
Tags: