राजेन्द्र लिङ्देनको चेतावनी, ‘सूर्यमा भोट नहाले राप्रपाको कार्यकर्ता मानिन्न’

Image
झापा–राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने बताएका छन् । धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । झापा–१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् । एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका हुन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो ।
Tags: