कांग्रेस केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन

Image
काठमाडौं– नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन गरेको छ । कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा कात्तिक १ गते बसेको बैठकको निर्णयानुसार केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमितिमा संयोजक र सहसंयोजक मनोनयन गरेको हो । बैठकले भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय तथा परिचालन उपसमितिको संयोजकमा डा डिला सङ्ग्रौला र सहसंयोजकमा उमेशजङ्ग रायमाझी, प्रदेश परिचालन समन्वय उपसमिति प्रदेश १ को संयोजकमा मीन विश्वकर्मा र सहसंयोजकमा सरिता प्रसाईंलाई मनोनयन गरेको छ । यस्तै मधेस प्रदेशको संयोजकमा आनन्दप्रसाद ढुङ्गाना र सहसंयोजकमा मञ्जु खाँण, बागमती प्रदेशको संयोजकमा जीपछिरिङ लामा, गण्डकी प्रदेशको संयोजकमा ध्रुव वाग्ले र सहसंयोजकमा विष्णुप्रसाद लामिछाने, लुम्बिनी प्रदेशको संयोजकमा चन्द्रबहादुर केसी र सहसंयोजकमा प्रा डा गोविन्दराज पोखरेल, कर्णाली प्रदेशको संयोजकमा जानकी सिंह र सहसंयोजकमा कान्तिका सेँजुवाल र सुदूरपश्चिम प्रदेशको संयोजकमा ईश्वरी न्यौपाने र सहसंयोजकमा प्रकाश रसाइली स्नेहीलाई मनोनयन गरिएको छ । बैठकले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत र सहसंयोजकमा मेखलाल श्रेष्ठ, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय तथा परिचालन उपसमितिको संयोजकमा गोविन्द भट्टराई र सहसंयोजकमा डा अरुणकुमार सुवेदी, निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिको संयोजकमा आनन्दप्रसाद ढुङ्गाना र सहसंयोजकमा डा कृष्णप्रसाद पौडेललाई मनोनयन गरेको छ । यसैगरी, निर्वाचन आयोग समन्वय उपसमितिको संयोजकमा हरिशरण नेपाली र सहसंयोजकमा किरण गिरी, जिल्ला–काठमाडौँ सम्पर्क समिति समन्वय उपसमितिको संयोजकमा रमा कोइराला पौडेल र सहसंयोजकमा धना खतिवडा रहनुभएको छ ।। निर्वाचनको केन्द्रीय परिचालन समितिको सचिवालय संयोजकत्वमा अम्बिका बस्नेत, सहसंयोजकमा दिव्यमणि राजभण्डारी, सदस्यमा डा सुरेश आचार्य, डा प्रभु बुढाथोकी, गेजा शर्मा वाग्ले, कृष्ण केसी, प्रगतिमान रञ्जित, विजय मिश्र, सरोजकुमार थापा र सदस्य सचिवमा किरणप्रसाद गजुरेललाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
Tags: