काठमाडौं– विविए र विएचएम अध्यापन गराउँदै आएको शुभश्री कलेज काठमाडौं ‘गुडविल एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित भएको छ ।

युनाइटेड अरब इमिरेट्स (दुबई) मा आयोजित एक कार्यक्रमकाबीच गत बिहबार कलेज रिडर्स एजुकेशनले ‘नेपाल एजुकेशन अवार्ड २०२२’ कार्यक्रममा शुभश्रीलाई अवार्डले सम्मानित गरेको हो ।

नेपाल विजनेश काउन्सिलका अध्यक्ष डा.असिफ अली सिद्धिकी र दुबई सरकारका सहसचिव मोहम्मद हुसेनले कलेजका कार्यक्रम संयोजक दिपेश लामिछानेलाई सम्मान हस्तान्त्रण गरेका हुन् ।

कार्यक्रम संयोजक लामिछानेले कलेजलाई गरेको सम्मानले आगामी दिनमा थप जिम्मेवार भएर अगाडि बढ्न प्रेरणा मिलेको बताए ।

उनले शुभश्री कलेजले आफ्ना शैक्षिक कार्यक्रम मार्फत व्यवहारिक शिक्षामा जोड दिँदै आएको र यसबाट अभिभवक तथा विद्यार्थी अधिकतम सन्तुष्ट रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर