सेफर्डलाई ‘नेपाल एजुकेशन अवार्ड २०२२’ को सम्मान

Image
काठमाडौं– मिडिया टेक्नोलोजीमा अनुसन्धान तथा अध्यापन गराउँद आएको सेफर्ड कलेज काठमाडौं ‘फस्र्ट मिडिया टेक्नोलोजी कलेज इन नेपाल’ बाट सम्मानित भएको छ । युनाइटेड अरब इमिरेट्स (दुबई) मा आयोजित एक कार्यक्रमकाबीच गत बिहबार कलेज रिडर्स एजुकेशनले ‘नेपाल एजुकेशन अवार्ड २०२२’ कार्यक्रममा उक्त सम्मान कलेज प्रमुख कविता शर्माले ग्रहण गरेकी हुन् । नेपाल विजनेश काउन्सिलका अध्यक्ष डा.असिफ अली सिद्धिकी र दुबई सरकारका सहसचिव मोहम्मद हुसेनबाटले आयोजकका तर्फबाट पुरस्कार हस्तान्त्रण गरेका थिए । सम्मानित भए पश्चात कलेज प्रमुख शर्माले नेपाली मिडियालाई जिम्मेवार र प्रविधिमैत्री बनाउन सेफर्ड कलेज खेलेको भूमिकालाई सम्मानले आगामी दिनमा थप व्यववस्थित बनेर लैजान प्रेरणा मिलेको बताइन् । उनले सेफर्डले आफूले सञ्चालन गरेको शैक्षिक कार्यक्रमलाई अन्तराष्ट्रिय स्तरको पाठ्यक्रम र शिक्षण अभ्यासमा जहिले पनि ध्यान दिने गरेको बताउँदै त्यसलाई अझै परिस्कृत बनाउँदै लैजाने बताइन् ।
Tags: