रहेनन् शताब्दी पुरुष

Image
काठमाडौं – संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो । जोशीको मुटु र प्रोष्टेटको समस्या थियो । असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएका उनको रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । पारिवारिक स्रोतका अनुसार उपचारकै सिलसिलामा आज बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन हो ।
Tags: