फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा

Image
काठमाडौं – ब्युटी सैलुन फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा संचालनमा ल्याएको छ । धनगढीको चौडामा आज एक कार्यक्रमकाबीच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । महराले सुदूुरपश्चिममा शाखा विस्तार गरेसँगै पश्चिम हुँदै पुर्वतिर पनि सेवाग्राहीहरूले गुणस्तरीय सेवा खोज्न थालेपछी फेसियल हाउसको अन्य शाखा विस्तार गर्न लागेको बताइन् । सो कार्यक्रमका प्रमुख अतिथि रहेका कुँवरले आफ्नो मन्तव्य राख्दै भने आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यबाद दिए । काठमाडौंको काठमाडौं मल, चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा, सुर्खेतबाट गुणस्तरीय सेवा दिदैँ आएको फेसियल हाउसले सेवा दिँदै आएको छ ।
Tags: