हस्पाइसले निशुल्क उपचार गर्न अस्पताल बनाउने

काठमाडौं– दीर्घ रोगीको सामान्य उपचार तथा हेरचाह र निको नहुने रोग लागेका मानिसहरुको हेरचाह गर्ने संस्था हस्पाइस नेपालले धापाखेलमा अस्पताल निर्माण गर्ने भएको छ ।
नेपाल सरकारमा विधिवत रुपमा दर्ता भएको गैर–नाफा मुलक, गैर–सरकारी संस्था हस्पाइस नेपाल २०५७ सालमा यसको स्थापना भएको थियो ।
संस्थाले लगनखेलमा आठ शय्याको एकाइमा बिरामी सेवा, काठमाडौं उपत्यकामा सामुदायिक सेवा रग्रामीण समुदायमा आधारित सेवा प्रदान गर्दै आएको जनाएको छ । त्यस्तै मकवानपुरमा ग्रामीण विकास अन्तर्गत मकवानपुर जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।
संस्थाका अनुसार यी दुवै अस्पतलमा सेवाहरु निःशुल्क हुनेछन् । देशैभरि उपशामक सेवा उपलब्ध गराउन हस्पाइस नेपालले तालिम सुविधा युक्त २० शैयाको नमुना उपशामक सेवा केन्द्रको अवधारणा बनाएको संस्थाको भनाई छ ।