भीम रावल भन्छन्, ‘होलीवाइनका प्रवद्र्धकलाई टिकट हामीलाई उपेक्षा ?’

Image
काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले आफूलाई हराउन नसक्ने देखिएपछि टिकट नदिइएको आरोप लगाएका छन् । उनले पार्टी नेतृत्वले चालेको कदम स्वेच्छाचारी र अन्यायपूर्ण भएको समेत बताए । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन्। ’अछाममा मैले चुनाव जित्ने वा हार्ने सोधखोज गर्दा हराउन नसकिने निष्कर्षपछि मेरो उम्मेदवारी रोकिएको सुनियो, उनले भने, ‘ एमालेभित्र नीति र विधि उल्लंघन भएको छ,योगदान नगरेका व्यक्तिलाई टिकट दिनु स्वेच्छाचारी र अन्यायपूर्ण छ’ । उनले होलीवाइनका प्रवर्द्धकलाई समानुपातिक टिकट दिने, एमालेका कार्यकर्तालाई बर्बरतापूर्वक दमन गर्नेलाई मकवानपुर टिकट दिने र संविधान दिवसलाई कालो दिवस मनाउनेसँग साँठगाँठ गर्ने कुन सिद्धान्तमा पर्छ? भन्ने प्रश्न गरे । अछाम १ मा रावल सर्वसम्मत सिफारिस भएका थिए। उनको स्थानमा एमालेले माओवादी छोडेर भर्खरै आएका झपट बोहोरालाई उम्मेदवार बनाएको छ। उनले पार्टी भित्रै रहेर संघर्ष गर्ने बताए ।
Tags: