रुपन्देहीमा तीन दलले भने, ‘विष्णु पौडेललाई जिताऔं’

Image
काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेललाई रुपन्देही २ बाट जिताउन एमाले, जनता समाजवादी पार्टी ९जसपा० र राप्रपाको संयुक्त रुपमा आह्वान गरेका छन्। एमाले क्षेत्रीय संयोजक बाबुराम पन्थी, जसपा क्षेत्रीय संयोजक दीपक गुरुङ र राप्रपाका क्षेत्रीय संयोजक रामबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरेर सम्पूर्ण पार्टी पंक्तिलाई निर्वाचनका अभियानमा होमिन आग्रह गरेका हुन्। उनीहरुले रुपन्देही २ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउनका लागि एकमना एकताका साथ निर्वाचनकेन्द्रित कार्ययोजनासहित सहित अघि बढ्न भनेका छन्। पौडेलको क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेको राजु गुरुङको उम्मेदवार खारेज भएको छ। गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले पौडेलविरुद्धको रणनीति बनाउन लागिरहेको छ।
Tags: