कांग्रेस नेता शाहीको स्वतन्त्र उम्मेदवारी कायमै

Image
हुम्ला– हुम्ला प्रदेश –क मा नेपाली काङ्ग्रेस का नेता मङ्गल बहादुर शाहीले आफ्नो स्वतन्त्र उम्मेदवार कायम राखेका छन् । गठबन्धनले माओवादी लाई उम्मेदवार बनाएपछि शाहीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । बुधबार उनले निर्वाचन अधिकृतको कार्यालयबाट जेब्रा चुनाव चिह्न पाएका छन् । यस अघि उनले आफू प्रतिस्पर्धामा उत्रनकै लागि उम्मेदवारी दिएको बताएका थिए । ‘मैले उम्मेदवारी फिर्ता लिएको छैन, फिर्ता लिन दिएकै होइन, चुनाव चिह्न लिने लाइनमा छु’ उनको भनाई थियो । यो क्षेत्रबाट सत्तारुढ गठबन्धनले माओवादीका रणसिङ परियारलाई समर्थन गरेको छ ।गठबन्धन कै नेकपा समाजबादी का नेता हस्त बहादुर शाहीले समेत यो प्रदेश मा उम्मेदवारी दिएका छन् ।
Tags: