सत्ता गठबन्धनको साथ पाएका घनश्यामको चुनाव चिन्ह त्रिभुज

Image
बुटवल– नेकपा एमाले परित्याग गरी रूपन्देही–१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिन्ह पाएका छन्। बुधबार निर्वाचन आयोगबाट चुनाव चिन्ह पाएका भुसाललाई सत्ता गठबन्धनको समर्थन छ । एमालेका पूर्वउपमहासचिव तथा नेता भुसालले रूपन्देही–१ बाट प्रतिनिधि सभामा दाबी गरेका थिए। उनको सिफारिस भने उनी २०७४ मा विजयी भएको रूपन्देही–३ बाट भएको थियो। अन्तिममा पार्टील उनलाई कुनै पनि क्षेत्रबाट टिकट दिएको थिएन ।
Tags: