जिल्लाको हितको लागि गठबन्धनले जित्नु आवश्यक - पुष्पा भुसाल

Image
अर्घाखाँची – कांग्रेस नेता तथा अर्घाखाँचीबाट प्रतिनिधि सभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पुष्पा भुसालले जिल्लामा सत्ता गठबन्धनले जित्न आवश्यक रहेको बताएकी छिन् । मंगलबार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशको आयोजनामा अर्घाखाँचीमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले अर्घाखाँचीको विकास र भष्ट्रचार मुक्त अर्घाखाँची निमार्णको लागि अर्घाखाँचीमा गठबन्धनले जित्न आवश्यक रहेको बताएकी हुन् । ‘अर्घाखाँचीका जनताले अनुभुति गर्ने गरी विकास गर्नुपर्छ । अर्घाखाँची विकासको सम्भावना बोकेको क्षेत्र भएकाले पनि यहाँ विकासका धेरै सम्भावना रहेका छन ।’ उनले भनिन् । उनले लोकतान्त्रिक गठबन्धन राष्ट्रिय राजनितिको आवश्यकता रहेको बताइन् । उनले भनिन् ‘हिजोका दिनहरुमा पनि राष्ट्रिय राजनितिलाई बचाउन आम नेपाली जनताको त्याग, तपस्या, बलिदान र संघर्षको आवश्यक थियो र आज पनि त्यत्तिकै आवश्यक छ ।’
Tags: