सभापतिले पनि पार्टी चलाउन जान्नुभएन, मैले पनि ढंग पुराउन सकिन - गगन थापा

Image
काठमाडौं– नेपाली कांग्रेका महामन्त्री गगन थापाले पार्टी सभापति शेर बहादुर देउवाले पार्टी व्यवस्थापन गर्न नजानेको र आफूले पनि सन्तोषजनक काम गर्न नसकेको बताएकाछन् । कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले डेंगी नियन्त्रणका लागि घरघरमा पुगेर निशुल्क परिक्षण सेवा शुरु गरेको कार्यक्रममा बोल्दै उनले उनले पार्टीभित्रको अन्तरसंघर्षलाई व्यावस्थापन गर्न नजान्दा पार्टीमा झन् समस्या बढ्दै गएकोे उल्लेख गर्दै भने, ‘पार्टी चलाउन सभापतिले पनि जान्नु भएको छैन, मैले पनि ढंग पुर्‍याउन सकिन ।’ उनले सबै डेमोक्रेटिक पार्टी चुनावबाट नेतृत्व चयन हुने र त्यहाँभित्र समूहहरु बन्ने बताउँदै समूहहरुको बीचमा प्रतिस्पर्धा हुने स्पष्ट पारे । उनले भने, ‘उनीहरुले एउटा बोटो समाएको हुन्छ । एउटा विधि बनाएको हुन्छ जुनको कारण पार्टी चल्छ । हाम्रोमा डेमोक्रेटिक पार्टीको जस्तै तर वडादेखि नै चुनाव गर्ने कोसिस चाहिँ गर्यो त्यसबाट लिडरसिपमा पनि पुग्यौं तर त्यसलाई निर्णय गरेर सन्दर्भमा हामीले जानेनौं अहिलेको सभापतिज्यूले पनि जानिराख्नु भएको छैन । मैले पनि जानेको छैन । हामी कसैले पनि ढंग पुराएका छैनौं । तरिका पुराइरहेका छैनौं जसको कारणले गर्दा पार्टी भित्र ठूलो समस्या असन्तुष्टिहरु देखिएको छ । पार्टी चलाउन सभापतिले पनि जान्नु भएको छैन, मैले पनि ढंग पुर्‍याउन सकिन ।’    
Tags: