काठमाडौं – रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको पावन अवसरमा “उत्सवको बहार हरेक दिन उपहार” योजना ल्याएको छ ।

असोज १० बाट शुरु भएको यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभि, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्ने रियलमीले जनाएको छ ।

२०२२ को दोश्रो चौमासिकको सर्वेक्षण अनुसार नेपालकै सर्वोत्कृष्ट मध्य तेश्रो स्मार्टफोन ब्रान्ड हुन सफल रियलमीले आफ्ना उत्पादनहरु मार्फत उपभोक्ताहरुलाई नवीनतम प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको कम्पनीको दावी छ ।

चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘रियलमी सँधै नवीनतम प्रविधिहरु ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनुभएको छ । यो माया र साथको लागि हाम्रा उपभोक्ताहरुलाई हृदयदेखि नै धन्यवाद दिँदै वहाँँहरुको लागि पनि हामीले हाम्रो तर्फबाट केही विषेष उपहारहरु दिन गईरहेका छौँ । हामीलाई आशा छ हाम्रो यो सानो प्रयासले वहाँँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ ।’

यस योजना अन्तर्गत असोज १० गते देखि गते कार्तिक १४ सम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरु छानिनेछन् । यस योजनामा सहभागि हुनको लागि realmecampaigns.com मा गएर आफ्नो नाम, फोन नम्बर, आफुले खरिद गरेको स्र्माट्फोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ ।

यसरी छानिएका विजेताहरु मध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको फोर के टिभी जित्न सक्नेछन् ।

यो अफर असोज १० गते देखि कार्तिक १४ सम्म खरिद गरिएका बजेट इन्टर्टेनर सी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरिज, अलराउन्डर नम्बर सिरिज, इनोभेटिभ जिटि सिरीज लगायत सबै रियलमी स्मार्टफोनहरूमामा लागु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय