नेपाल रसिया चेम्बर अफ कमर्सको महासचिवमा पाण्डे सर्वसम्मत

Image
काठमाडौं– नेपाल रसिया चेम्बर अफ कमर्सको महासचिवमा विष्णुहरि पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न २५औं साधारणसभाबाट पाण्डे महासचिवमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनी इक्यानको निवर्तमान अध्यक्षसमेत हुन् । अन्य विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थामा आबद्ध पाण्डे शिक्षा तथा शैक्षिक परामर्श व्यवसायमा सक्रिय छन् । नेपाल रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा बैंकर अशोक शेरचन चयन भएका छन् । निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ छन् । वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा, कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएको संघले जनाएको छ । त्यस्तै, संघको कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा। मणिराम पोख्रेल, डा। उन्नत श्रेष्ठ, गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे निर्वाचित भएका छन् ।
Tags: