पाण्डवखानीमा गाउँ पुगेरै राष्ट्रिय परिचयपत्र विवरण संकलन

Image
सुरेश छन्त्याल बागलुङ–गलकोट नगरपालिका १० पाण्डवखानीको रमुवा गाउँमा पुगी राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरुवात भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा गलकोट नगरपालिका १० का वडा अध्यक्ष भक्त बहादुर काउचा, वडा सचिव ठाकुर तिमिल्सिना, वडा सदस्य कुमार पुन, पत्रकार सुरेश छन्त्याल, वितरण दर्ता अपरेटर सागर सुवेदी, सुमन पराजुली र टोल विकास समिति रमुवाका संयोजक उदिम घर्ती लगायतको सहभागिता थियो । वडा सदस्य कुमार पुनको पहलमा शुक्रबार पहिलो दिन दुर्गम गाउँ रमुवा पुगि ९३ जनाको विवरण संकलन गरेको वितरण दर्ता अफ्रेटर सागर सुवेदीले जानकारी दिए । आज देखि सुरुवात भएको रमुवामा ९ गते समापन गर्ने र लगत्तै तल पाण्डवखानी वडा कार्यालयबाट सेवा प्रदान गर्ने वडा सचिव ठाकुर तिमिल्सिनाले जानकारी गराए ।
Tags: