राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा कुशकुमार जोशी

Image
काठमाडौं– राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा कुशकुमार जोशी पुनः निर्वाचित भएकाछन् । आइतबार हेटौडामा सम्पन्न संस्थाको १६ औं वार्षिक साधारण सभाबाट जोशीको अध्यक्षतामा २५ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्य समितिको उपाध्यक्षमा शुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रवीर मालाकार, कोषाध्यक्षमा दिपक मलहोत्रा, सचिवमा सरोज प्रसाद पाण्डे र सुरेश प्रधान तथा सह–कोषाध्यक्षमा विनायक शाह चयन भएकाछन् । त्यसै गरि कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ, लता प्याकुरेल, शिव प्रसाद घिमिरे, अशोक वैद्य, राजेश खड्का, रविन्द्रमान सिंह प्रधान, अरनिको राजभण्डारी, मुकेश कुमार भट्टराई रमेश शर्मा, राजेश बाबु श्रेष्ठ, डा.वविन पोखरेल, खेम लकाई, होमनाथ उपाध्याय र सनम शाक्य चुनिएकाछन् । समितिले सुधिर मित्तल र डा.राजेन्द्र घिसिङ्गलाई सदस्य र संस्थागत पदेन सदस्यमा नानीराज घिमिरेलाई मनोनित गरेको छ । नवनिर्वाचित अध्यक्ष जोशीले मन्तव्य राख्दै कोभिड–१९ लगायतका विभिन्न जटिल परिस्थितिसँग जुध्दै संस्थाले व्यवसायिक वातावरणमा देखाएका समस्या, जिम्मेवारी व्यवसायिक अभ्यास प्रवद्र्धन, विपद जोखिम न्युनिकरणमा निजी क्षेत्रको संलग्नता र सक्रियतालाई अझ मजवुत बनाउनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम संचालन गरिएको बताए ।
Tags: