एनटिनको ११ औं महाधिवेशन सम्पन्न, अध्यक्षमा फुयाँल
काठमाडौं– नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (एनटिन–ल्त्भ्ब्ल्० को अध्यक्षमा मोहन प्रसाद फुयाँल चयन भएका छन् । ‘व्यावसायिक कम्पनी, उत्तरदायी व्यवस्थापन; उत्प्रेरित कर्मचारी, सुदृढ ट्रेड युनियन’ नारा सहित भाद्र २२–२४ मा विराटनगरमा सम्पन्न एनटिन को ११औ महाधिवेशनबाट फुयाँलको नेतृत्वमा ४० सदस्सीय समिति चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्षमा राज किशोर चौधरी, चण्डीका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, आनन्द पौडेल, महासचिवमा मणि कुमार पोखरेल, उपमहासचिवमा तीर्थराज अधिकारी, गोविन्द ढुङ्गाना, सचिवमा बचन ढ़ूगेल, दीपक चौलागाईं, कमला गिरी, कोषाध्यक्षमा रोशन पाण्डे र सह–कोषाध्यक्षमा नरेश प्रसाद पटेल चयन भएकाछन् ।
त्यस्तै सदस्यहरूमा महेन्द्र प्रसाद रिमाल, घनश्याम पोखरेल, कमल घिमिरे,केशव बि. सी., सालिकराम आचार्य, हरि बहादुर कार्की, विनोद महर्जन, ई. दीपक पौडेल, राम प्रसाद भट्ट, हरि कृष्ण महत, प्रेमकला सम्बाहाम्फे,रीता अधिकारी, सृजना सापकोटा, नीलकमल बुर्जा, राम बाबु सिंह, कान्छाराम महर्जन, प्रेम प्रसाद रिजाल, युवराज अधिकारी, अशोक हिंङमाङ, श्रीकृष्ण खड्का, प्रकाश शर्मा, रामकृष्ण महतो, कमल खत्री, मुक्ति प्रसाद भण्डारी र रमेश पाठक छन् ।
महाधिवेशनमा कम्पनीको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि सङ्गठन अझ सशक्त ढङ्गले क्रियाशील रहने सङ्कल्प गर्दै ११ बुँदे प्रस्ताव पारित गरिएको महासचिव मणि कुमार पोखरेलले जानकारी दिए ।
यस अघि महाधिवेशनको उद्घाटन कार्यक्रम नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता र नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको विशेष आतिथ्यता र यादव प्रसाद पनेरुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो अवसरमा केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका ६०० जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।
महाधिवेशनमा विगतमा सङ्गठनले कम्पनी, कर्मचारी र सेवाग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्र्दै आगामी दिनमा कर्मचारी, कम्पनी तथा ग्राहकको बृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन बिचार विमर्श गरिएको थियो ।