रेनोको दसैंँ–तिहार लक्षित “रेनो उत्सव”

Image
काठमाडौँ – रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिंगको साथै एक्स्चेन्ज बोनस, लोयल्टि बोनस लगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्ने वितरकले जनाएको छ । यसको साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरुले स्योर शट इजि फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्ने वितरकको भनाई छ । नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरुको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्धेश्यको साथ यी अफरहरु ल्याइएको कम्पनीले जनाएको छ । यो अफरसँगै नेपाली उपभोक्ताहरुले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ । नेपाली ग्राहकहरुको सर्वप्रिय रोजाइ रेनोको काइगर, ट्राइबर, क्विड लगायत अन्य भेरियन्ट्का गाडीहरु नेपाली बजारमा उपलब्ध छन् ।
Tags: