बालमैत्री स्थानीय शासनयुक्त घोषणा तथा दिगोपनाका लागि अन्तरक्रिया

Image
सुरेश छन्त्याल बागलुङ – गलकोट नगरपालिकामा वडा नगर वबलमैत्री स्थानीय शासनयुक्त घोषणा तथा दिगोपनामा संचारकर्मी, संघसंस्था तथा सरोकारवालाहरुको भुमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले आ–आफ्नो संघसंस्था, बिभिन्न तह र तप्कामा रहेका सम्पुर्णले बालमैत्री स्थानीय शासन नगर घोषणा कार्यक्रममा सहयोगको लागि अनुरोध गरेका थिए। कार्यक्रममा राष्ट्रिय बालमैत्री सहजकर्ता विष्णु प्रसाद चतुर्वेदीले बालअधिकार भनेको केहो, बालमैत्री स्थानीय शासन केहो, बालमैत्री स्थानिय शासन घोषणा तथा दिगोपना किन, बालमैत्री स्थानीय शासनका सुचकहरु लगायतका विषयमा सहजिकरण गरेका थिए। कार्यक्रममा सहभागिहरु सम्पुर्णले समेत प्रतिवद्धता मन्तव्य राखेका थिए । कार्यक्रममा संचारकर्मि, विभिन्न संघसंस्थाका प्रतिनिधी, उद्योग तथा वाणिज्यका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम गलकोट नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख सुनिता अधिकारीको अध्यक्षता तथा राष्ट्रिय बालमैत्री सहजकर्ता विष्णु प्रसाद चतुर्वेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Tags: