बजाज इन्ट्रासिटीको अभियान ‘यस पालीको चाड, उपहारसँगै स्वरोजगार’

Image
काठमाडौं - हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । “यस पालीको चाड, उपहार संगै स्वरोजगार“ अभियान सहित बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरेको जनाएको छ । यो अभियानमा बजाज म्याक्सिमा सि वा बजाज रे बिएस सिक्सको खरिदमा ३२ इन्चको हिमस्टार एलइडी स्मार्ट टिभी वा सामसुङ्ग एफ २२ फोन पाउने अफर ल्याएको हो । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्वको अवसरमा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताए । उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू ग्राहकहरूलाई प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको उनको भनाई छ ।
Tags: