मुख्यमन्त्रीले गरे सेतिनदी जलविद्युत आयोजनाको निरिक्षण

Image
काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सेतिनदी जलविद्युत आयोजनाको निरिक्षण गरेकाछन्। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका हुन्। आयोजनाको प्रबर्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले २ वर्ष अघिदेखी माछापुच्छ्रेको वडा नं १,२,३ र ४ अनि पोखरा महानगरपालिकाको वडा नं १९ मा निर्माणाधिन जलविद्युत आयोजनाको काम अघि बढाईरहेको छ । मुख्यमन्त्री नेपालीले माछापुच्छ्रे गाउँपालिकाको भराभरीमा रहेको आयोजनाको हेडवक्स, सेटलिङ बेसिन लगायतका निर्माणाधीन संरचनाहरुको निरीक्षण गरेका थिए। उनलाई प्रोजेक्ट म्यानेजर लेखनाथ पौडेलले हालसम्मको कार्य प्रगतिका बारेमा जानकारी गराएका थिए। सो अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री नेपालीले आयोजना माछापुच्छ्रे गाउँपालिका तथा समग्र गण्डकी प्रदेशका लागि गौरव भएको बताए । उनले भने,“यस आयोजना हाम्रा लागि गौरवको प्रोजेक्ट हो । निर्धारित समयभित्रमै सबै काम सम्पन्न भएर विद्युत उत्पादन गर्न सफल हुनुहोला । ” सोहि अवसरमा प्रवर्धक कम्पनि भिजन लुम्बिनी उर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलले आगामी चैत्र मसान्त भित्रमा बिद्युत उत्पादन गर्ने गरि काम धमाधम भईरहेको जानकारी गराएका थिए। हालसम्म आयोजनाको ६५ प्रतिशत कार्य सम्पन्न भईसकेकोले चैत्र मसान्तसम्ममा बिजुली उत्पादन गर्न सम्भव छ हाम्रो काममा ढिलासुस्ती हुदैन हामी भनेकै समयमा काम पुरा गर्छौ उनले भने। । कम्पनीले माछापुच्छ्रे गाउँपालिकाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना सहित कामहरु धमाधम गरिरहेको छ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ । लुम्विनी प्रदेशको बुटवल प्रधान कार्यालय रहेको भिजन लुम्विनी उर्जा कम्पनी लिमिटेडले सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धन गरेको हो । उत्पादित विद्युत चार किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना छ । पाँच अर्व रुपैयाँ लगानी रहेको आयोजनामा रु तीन अर्व ५० करोड विभिन्न बैँक तथा वित्तिय संस्थाले लगानी गरेका छन् ।
Tags: