परम्परागत धानेको राडीपाखी व्यवसायबाट परिवार पाल्नै धौधौ

Image
फोटो क्याप्सन : स्थानीय तिलक बढुवाल परम्परागत पेशाले राडी बनाउँदै । तस्बिर हरिकृष्ण ऐडी । मुगु – छायाँनाथ रारा नगरपालिका–१४ का चन्द्रलाल बुढाको रोजगारी भनेकै भेडा, बाख्रापालन व्यवसाय हो। उनी भेडा र बाख्राको उन हरेक वर्षको चैत र असोज महिनामा उन संकलन गर्छन् । उनी मात्र होइन यहाँका अधिकांश स्थानीयको आयस्रोत नै यही हो । उनबाट आफूहरुले परम्परागत सिपको प्रयोग गरेर राडीपाखी बनाउदै आएको उनको भनाई छ तर पछिल्लो समय यो व्यवसाय संकटमा परेको उनी बताउँछन् । ‘यही राडीपाखी व्यासायबाटै हामीले हातमुख जोहोगर्दै आएकाछौं तर अहिले यो व्यवसायबाट परिवार पाल्न पनि गाह्रो हुँदै आएको छ ।’ परम्परागत प्रविधिबाट राडी, पाखी र फेरुवा बनाउँदा समय वढी लाग्ने तर त्यसको आधारमा मूल्य नपाएको उनको भनाई छ । ‘परम्परागत प्रविधिले कामगर्दा समय धेरै खर्च हुन्छ तर हामिले सामान्य ज्यालाको खर्चराखी बजारमा प्रती राडी र पाखीको छ हजार देखि सात हजार रुपैयाँसम्म बिक्री गर्दै आएकाछौ। फेरुवा,लिउँको पाँच हजार देखि छ हजार रुपैयाँ सम्म बिक्री गर्दै आएकाछौ’ उनले भने । बुढा जस्ता व्यवसायीको व्यवसायका सहयोग गर्ने गरि जिल्लामा रहेका सरकारी तथा गैर सरकारी निकायले विभिन्न आधुनिक प्रबिधि मैत्रीका कार्यक्रम संचालन गर्दै आएको बताए पनि ग्रामीण भेगका कृषकले उक्त कार्यक्रमको महशुस गर्न पाएकाछैनन्। परम्परागत रुपमा राडिपाखीको व्यवसाय सञ्चालन गर्दै व्यवसायीलाई आधुनिकीकरण र प्रवद्धन गर्न स्थानीय तथा प्रदेश सरकारले सहयोग गर्नुपर्ने स्थानीय प्रेमलाल बढुवालको सुझाव छ । स्थानीय समाजसेवी जंगल बुढाका कृषकलाई रोजगारीमा टेवामिल्ने उदेश्यले उन्नत प्रबिधिका सामाग्रीहरु स्थानिय सरकार र प्रादेशिक कार्यालयबाट सहुलियतमा उपकरण उपलब्ध गराएमा स्थानीयलाई रोजगारीमा टेवा मिल्ने बताउँछन् । युवालाई समेत यो व्यवसायमा आकर्शित गर्न सके रोजगारीको लागि खाडीमा जाने बाध्यताबाट रोक्न सकिने उनको भनाई छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका प्रमुख कृष्ण बहादुर बोहराले परम्परागत रुपमा राडीपाखीको व्यवसाय गर्नेका लागि प्रदेश सरकारबाट प्रत्येक वर्ष २० लाख रुपैयाँ आधुनिकरण प्रविधिका सामाग्रीका लागि अनुदान रकम उपलब्ध गराउँदै आएको बताए । प्रदेश कार्यालयको कार्यबिधि अनुसार समुह, सहकारी, व्याक्तिगत फर्मलाई अनुदानका सामग्री हरु हस्तान्तरण गरिएको छ उनको भनाई छ ।
Tags: