हिम इलेक्ट्रोनिक्सको नयाँ शाखा सामसुङ स्मार्ट प्लाजामा

Image
काठमाडौं–हिम इलेक्ट्रोनिक्सले काठमाडौँको नँयाबजार खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन गरेको छ । शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिया(नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए । नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक समेत रहेको हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई पनि अपग्रेड गर्दै देशकै उत्कृष्ठ बनाएको छ । उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यका बाहिर पाँच वटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र छ वटा आउटलेट सञ्चालनमा रहेको बताइन् । निर्देशक गोल्छाले हिम इलेक्ट्रोनिक्सले सामसुङ स्मार्ट प्लाजाहरू मार्फत उच्च र गुणस्तरीय सेवा देशभरका सम्पूर्ण ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको र भबिष्यमा आउटलेटहरु बिस्तार गर्दै ग्राहकहरूलाई सामसुङका गुणस्तरीय सामाग्रि उपलब्ध गराउने जानकारि गराइन् ।
Tags: