कालिमाटीमा भेटियो खान अयोग्य विषादी, ३५० केजी काउली नष्ट (भिडियो सहित)

Image
काठमाडौं– मुलुककै ठूलो तरकारी थोक बजार स्थल कालिमाटीमा शुक्रबार गरिएको विषादी परिक्षणमा काउली र रायोको नमुनामा विषादी अवशेष देखिएको छ । कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले चार सय एक वटा विभिन्न तरकारी तथा फलफुलहरुको नमुना परिक्षण गरेकोमा चार वटा नमुना उपयोग अयोग्य भेटिएको हो । २९ प्रकारका तरकारी र सात प्रकारका फलफुलहरुको विषादी अवशेष परिक्षण गरिएकोमा परिक्षण गरिएका चार सय एक नमुनाहरु मध्ये तीन सय ९४ वटा नमुनाहरु उपभोग योग्य, तीन वटा नमुनाहरुमा क्वारेन्टाइनमा राख्नु पर्ने देखिएको र चार वटा नमुनाहरु उपभोग अयोग्य देखिएको इकाईले जनाएको छ । चार वटा नमुना लिइएको लटहरु नष्ट गरिएको इकाईले जनाएको छ यी ४ वटा नष्ट गरिएको कृषि उपजहरुमा काउली – ३ र रायोको साग –१ रहेको जनाइएको छ । कालीमाटी तरकारी तथा फलफुल बजारमा १० वटा तरकारीका नमुनाहरु परिक्षण गरिएको मध्ये मकवानपुर जिल्लाको चित्लांगबाट उत्पादित काउलीमा उपभोग अयोग्य मात्रामा विषादीको अवशेष देखिएकोले उक्त लटको ३५० केजी काउली कालीमाटी तरकारी तथा फलफुल बजार विकास समिति र केन्द्रीय कृषि प्रयोगशालाका पदाधिकारी र कर्मचारीहरुको उपस्थितिमा नष्ट गरिएको इकाईले जनाएको छ । https://www.youtube.com/watch?v=VWA5QFVnKgM
Tags: