डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार खनाललाई

Image
काठमाडौं– लघुवित्तका पिता भनेर सु—परिचित स्वर्गीय डा.हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार बिजय राज खनाललाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फान्डेशनद्धारा स्थापित उक्त पुरस्कार डा. पन्तको सातौं वार्षिक पुण्य स्मृति दिवस पारेर भदौ २१ गते सेतोपाटी डटकमका बरिष्ठ सम्वाददाता खनाललाई प्रदान गरिने भएको हो । जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । डा. हरिहरदेव पन्त फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमश ः नेपाल आर्थिक पत्रकार संघ (सेजन), कान्तिपुर दैनिकका गोकर्ण अवस्थी र नागरिक दैनिकका विष्णु बेल्वासे, रातोपाटी डट कममा वरिष्ठ व्यापार संवाददाता एलिजा उप्रेती तथा अन्नपूर्ण दैनिककी संवाददाता पत्रकार ममता थापालाई प्रदान गरिएको थियो । खनाललाई नगद रु. ५० हजार सहित सम्मान—पत्र प्रदान गरिने भएको हो ।
Tags: