सेयर बजारमा लगानी गर्नु चूनौती : डा. भट्ट

Image
काठमाडौं – कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा.गोपाल भट्टले कार्यपत्र प्रस्तुत गर्दै डा. भट्टले सेयर बजारमा लगानी गर्नु चूनौती पूर्ण रहेको र चूनौतीको सामना गरेर लगानी गरे प्रतिफल पनि राम्रो पाउन सकिने बताएकाछन् । सोमबार नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा ‘मार्जिन लेन्डिङ कन्सेप्ट, प्राक्टिस र मोडल’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले बजारलाई स्थिर बनाउन, बजारमा लगानीयोग्य रकम (तरलता) प्रवाह गर्न मार्जिन कारोबार सुरु गर्न आवश्यक रहेको सुझाव दिए । यो सुरु गरेको खण्डमा दीर्घकालिन रुपमा बजारको विकास गर्न सघाउ पुग्ने तर्क गरे । उनले नेपालमा सेयर धितो राखेर ऋण लिएपनि त्यो ऋण कहाँ लगानी गर्ने भन्ने स्पष्ट कानूनी व्यवस्था नरहेको गुनासो गरे । डा। भट्टले नेपालमा सेयर धितो राखेर लिएको ऋण सेयर बजारमा नै लगानी गर्नुपर्ने बाध्यात्मक अवस्था नरहेको उल्लेख गरे । ‘सेयर धितो राखेर लिएको ऋणले सेयर किन्नुपर्छ भन्ने छैन’ उनले भने,‘त्यो पैसा जहाँ लगानी गरेपनि कानूनले केही भन्दैन । यसमा कानून नै स्पष्ट छैन ।’ धितोपत्र बोर्डको निर्देशनको आधारमा नेप्सेले कार्यविधि जारी गरेको र त्यसको आधारमा मात्रै मार्जिन कारोबार सुरु गर्दा ब्रोकरले गर्ने कर्जा लगानीमा पनि पनि कानूनी जटिलता आउने तर्फ डा. भट्टले सचेत गराए । उनले धितोपत्र बोर्ड, राष्ट्र बैंक, नेप्से, ब्रोकर, बैंकर्स बसेर मार्जिन कारोबार छिटो सुरु गर्न सुझाव दिए । मार्जिन कारोबार सुरु गर्दा राष्ट्र बैंकले इमान्दार भएर हेर्नुपर्ने, ब्रोकर कम्पनी नैतिक हुनुपर्ने, सेबोनले कानुनी अडचल फुकाउनु पर्ने उनको सुझाव रहको छ ।
Tags: