विद्यमान कानुनले ब्रोकर कार्यालय उपत्यका बाहिर जान सकेनन् : अध्यक्ष मैनाली

Image
काठमाडौं – ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले धितोपत्र बोर्डको अहिलेको ऐन कानुनले ब्रोकर कार्यालय उपत्यका बाहिर जान समस्या भएको बताएकाछन् । सोमबार नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा बोल्दै मैनालीले बजार विकास विस्तारका लागि ब्रोकरको शाखा विस्तार हुनुपर्ने र त्यसो गर्दा ब्रोकरको खर्च बढ्ने बताए। एनले भारतमा ब्रोकरको १५-२० वटा शाखा हुनेको हजार भन्दा बढी सब ब्रोकर रहेको स्मरण गराए । उनले नेपालमा पनि त्यो मोडलमा काम गर्न खोज्दा समस्या भएको बताए । उनले शाखा खोल्न, आधिकारिक प्रतिनिधि राख्ने विषयमा धितोपत्र बोर्डले समयमा काम नगरेको दाबी गरे । अधिकारीक प्रतिनिधि राख्ने विषयमा बोर्डले अध्ययन गरेको त्यो अध्ययन अहिले निस्कृय बनेको अध्यक्ष मैनालीले जानकारी गराए । ब्रोकरको करोडौ लगानी भएकोले काठमाडौंमा मात्रै बसेर नपुग्ने भन्दै काठमाडौं बाहिर जान नदिने हो भने व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने धारणा राखे । ब्रोकरलाई ब्रान्चलेस बनाउने हो भने सेयर बजार सबै नेपालीको घरघरमा पुग्ने उनको तर्क छ ।
Tags: