दुई वटा खाता खोल्न नेप्सेको सिस्टमले दिँदैन : पूर्व अध्यक्ष रेग्मी

Image
काठमाडौं – स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष प्रियराज रेग्मीले मार्जिन कारोबार गर्नका लागि दुई वटा खाता खोल्न नेप्सेको सिस्टमले नदिएको गुनासो गरेकाछन् । सोमबार नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा बोल्दै रेग्मीले मार्जिन कारोबार भएपछि पुलमा पैसा राख्ने व्यवस्था गरेको स्मरण गराउँदै त्यो पैसामा कसको स्वामित्व हुने, लभकर ओषतमा गणना गर्ने, मार्जिन कारोबार बाट किनेको सेयर र अन्य सेयर एकै ठाँउ हुने हुँदा गणनामा समस्या हुने बताए । द्यूई वटा खाता खोल्न नेप्सेको सिस्टमले दिने हो भने मार्जिन कारोबार गर्न समस्या नआउने उनको बुझाइ छ । ब्रोकरले ल्याउने टिएमएसमा यस्तो सुविधा हुने उनको भनाइ छ ।
Tags: