मार्जिन कारोबारका लागि कार्यविधिले मात्रै पुग्दैन : प्रबन्धक फुँयाल

Image
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबन्धक निरञ्जय फुँयालले मार्जिन कारोबारका लागि कार्यविधिले मात्रै नपुग्ने धितोपत्र बोर्डले वियमावली नै जारी गर्नुपर्ने बताएकाछन् । सोमबार नेपाल आर्थिक पत्रकर समाज ९सेजन० ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा बोल्दै फुँयालले बोर्डको निर्देशन पछि नेप्सेले वैशाख १५ गते मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि जारी गरेको बताए । मार्जिन कारोबारका लागि यतिले मात्रै नपुग्ने उनको भनाइ छ । फुँयालले मार्जिन कारोबारका लागि सोर्स अफ फण्डको समस्या रहेको, ब्रोकरले कर्जा दिँदा उनीहरुको खर्च पनि बढ्ने बताए । उनले मार्जिन कारोबार सुरु भएपछि मार्जिंन र ट्रेड्रिङ खाता फरक फरक हुनुपर्ने धारणा राखे ।
Tags: