फुड निरिक्षक राख्न बालेको प्रस्ताव

Image
काठमाडौं– काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकामा फुड निरिक्षक नियुक्त गर्ने प्रस्ताव गरेका छन्। महानगरको आठौं कार्यपालिका बैठकमा उनले यो प्रस्ताव राखेका हुन। उनले महानगरपालिकाभित्रका रेष्टुरेन्ट, होटल, तरकारी र मासुपसलगायतको गुणस्तर निरिक्षण गर्ने उद्देश्यले नियुक्ती गर्ने प्रस्ताव अघि सारेका हुन्। शाहले खानाको गुणस्तर निरिक्षण गर्ने उद्देश्यले फुड टेक्नोलोजिष्ट नियुक्त गर्न प्रस्ताव गरेको हुन। उनका अनुसार ४ देखि ५ जनासम्म यस्ता प्राविधिक नियुक्त गरिनेछ। ती प्राविधिकले महानगरभित्रका खानाको स्तर परिक्षण गर्नेछन्।
Tags: