जन्मदिनमा अफ्ठ्यारोमा परेकालाई निःशुल्क भोजन

Image
काठमाडौं– यूवा समाजसेवी महेश्वरमान सिंह बस्नेतले आफ्नो जन्मदिनमा काठमाडौंको नयाँ बस पार्कमा निःशुल्क भोजन गराएकाछन् । बस्नेतले जय महाकाल यूवा समूहसँगको समन्वयमा शनिबार साँझको नियमित भोजनपानमा योगदान गरेका हुन् । लामो समय देखि सामाजिक काममा सक्रिय बस्नेतले आफूले पछिल्ला वर्षहरुमा जन्मदिन लगायतका उत्सवमा सामाजिक रुपमा सहयोग पुग्ने काममा योगदान दिँदै आएको बताए । ‘जन्मदिन जस्ता उत्सव सामान्यतय घरमा बसेर अथवा रेष्टुरेन्टमा गएर रमाइलो गरेर पनि मनाउन सकिन्छ, सामान्यतया हाम्रो अभ्यास पनि त्यही हो’ उनले भने, ‘तर मलाई यस्ता उत्सवमा आफूले सहयोग गर्न सक्ने र अरुलाई खुसी राख्न मिल्ने काममा जोडिन पाए सामजिक रुपमा योगदान हुने र मन आनन्दित पनि हुने हुनाले यस्ता काममा सरिक हुँदै आएको छु ।’ उनले जय महाकाल यूवा समूहले कोरोना महामारी देखि नै दुःख पाएका नागरिकको भोजनमा सहयोग गर्दै आएको जानकारी पाएको र आज जन्मदिनको अबसरमा भोजन सहयोगमा जुटेको बताए । उनले जय महाकालका यूवाले निभाएको भूमिकाको प्रशंसा गर्दै जन्मदिनमा आफूले एकदिन गरेको सहयोग महत्वपूर्ण नभएपनि आफूजस्तै अरुले पनि यस्ता उत्सवमा यस्ता कार्यमा सरिक हुँदा सामाजिक रुपमा योगदान हुने बताए । रोटरी क्लव अफ गोंगबुका अध्यक्ष समेत रहेका बस्नेत विभिन्न सामाजिक संस्थामा जोडिएकाछन् । यस अघि भुकम्प, कोरोना महामारी लगायतका विपत्तिमा बस्नेत र उनको संस्थाले दुःख र अफ्ठ्यारोमा परेकालाई सहयोग गर्दै आइरहेको छ ।
Tags: