दुबईमा भव्य तीज विशेष साँस्कृतिक धमाका २०७९ हुने

Image
जनगायक जीवन शर्मा सहितको टोली दुबई आउने युएई – नेपाली जनप्रगतिशिल मञ्च युएईको आयोजनामा दुबईमा भव्य तीज विशेष सांस्कृतिक धमाका २०७९ हुने भएको छ । आफ्नो कला संस्कृती र परम्पराको संरक्षण गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम राखिएको आयोजक टिमले बताएको छ । नेपाली महिलाहरुको महान पर्वको रुपमा लिईने पर्व हरितालिका तीजको अवसरमा रहेका सम्पुर्ण चेलिहरुलाई मनोरञ्जन गराउ कार्यक्रम आयोजना गरिएको नेपाल बताए । सेप्टेम्बर ४ तारिख आईतवारका दिन वर दुबईमा रहेको होटल अष्ट्रोरियामा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा भव्य तीज विशेष साँस्कृतिक कार्यक्रम हुने उनले बताए । कार्यक्रममा थप आकर्षक बनाउन राष्ट्रिय स्तरका चर्चित कलाकारहरू पनि आउने भएको छ । प्रवासमा रहेका नेपाली चेलिहरु लाई मनोरञ्जन दिन सेप्टेम्बर ४ तारिख आईतवारका दिनभर दुबईको अष्ट्रोरिया होटलमा तीज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका महासचिव दामोदर सिंह ठगुन्नाले जानकारी दिए । कार्यक्रममा यु जन गायकको रुपमा चर्चित गायक जीवन शर्मा, चर्चित कलाकारहरु विश्व दोङ, कला लम्साल, शोभा त्रिपाठी, एलिना मगर र भ्वाईस किड्सका बिजेता चर्चित गायक जेनिस उप्रेती लगायतका कलाकारहरु आउने तिज बिशेष कार्यक्रमका संयोजक नबीन दोङ्ले जानकारी दिए । नेपालबाट आउने कलाकार बाहेक दुबईमा रहेका चर्चित कलाकारहरुको पनि प्रस्तुती रहने दोङ्ले जनाए । कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको दोङ्ले बताए । अहिले टिकट बिक्रि, कार्यक्रम व्यवस्थापन लगायतका काम भईरहेको उनले बताए ।
Tags: