रुवसुले वडा स्वास्थ्य क्लिनिकलाई वार्षिक एक लाख दिने

Image
धनगढी–धनगढीस्थित रुवस होटलले धनगढी उपमहानगरपालिकालाई वार्षिक १ लाख रकम सहयोग गर्ने भएको छ। बिहीबार धनगढी उपमहानगर र रुवस होटलबीच विशेषज्ञसहितको वडा स्वास्थ्य क्लिनिक सञ्चालन तथा व्यवस्थापनका लागि रकम दिने सम्झौता भएको हो। होटलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र भट्ट, धनगढीका मेयर गोपाल हमाल र प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेर हुन्। सम्झौताअनुसार रुवस होटलले पाँच वर्षसम्मका लागि वडा क्लिनक सञ्चालनमा सहयोग पु¥याउने गरी वार्षिक एक लाखका दरले सहयोग गर्ने छ।
Tags: