माइपे डिजिटल वालेटले नेपालको सबैभन्दा ठुलो राइड कार्यक्रम गराउँदै

Image
काठमाडौं – माइपे डिजिटल वालेटले नेपालको हालसम्मकै सबैभन्दा ठुलो राइड कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको राइड सेयरिङ्ग एप सजिलोको मुख्य प्रायोजनमा माईपेले राइड कार्यक्रम गर्न लागेको हो । भाद्र तेस्रो हप्ता एक दिनको लागि आयोजना हुन लागेको उक्त राइड कार्यक्रममा राइड गर्न मन पराउने एक सय भन्दा बढीको सहभागिता हुने जनाइएको छ । भक्तपुरको राधे राधे देखि धुलिखेलसम्म राइड हुनेछ । उक्त कार्यक्रममा सहभागी हुने राइडरहरुलाई लाग्ने सम्पूर्ण खर्च आयोजक माईपे डिजिटल वालेटले व्यहोर्ने माईपेले जनाएको छ । कार्यक्रममा सहभागी हुन, माइपे डिजिटल वालेट डाउनलोड गरी राइडको फर्म भर्नुपर्ने छ । वा माइपे डाउनलोड गर्दा रिफर कोर्डमा ःच्द्यख्ीइन्क् राखी डाउनलोड गरी केवाईसी समेत भरेमा राइडको लागि योग्य हुने माइपेले जनाएको छ । राइडमा मोटरसाइकलको पछाडि राखेर साथी समेत लान सकिने छ र त्यसका दुवैको फर्म भरेको हुनुपर्नेछ । यसरी फर्म वा केवाईसी भरेका मध्येबाट राइडका लागि एक सय जना छनौट गरिने आयोजक मार्ईपेले जनाकारी दिएको छ । डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालना सम्बन्धी जनाकारी गराउँने साथै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइपेले जनाएको छ । कार्यक्रममा नायिका स्वातिमा खड्का, नायक नीराजन प्रधान, युवा मोटो भ्लगर एमआरबीका साथमा अन्य कलाकारहरुको समेत उपस्थिती हुने आयोजक माइपेले जनाएको छ ।
Tags: