सांगठनिक हैसियतका आधारमा सिट बाँडफाँड हुनुपर्छः सभापति पुन

Image
बुटवल – आगामी मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँडफाँड गर्नुपर्ने आवश्यक्ता रहेको नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले वताएका छन् । उनले रोल्पा र रुकुमलाई संकेत गर्दै, सो क्षेत्रमा नेकपा माओवादीले ६० प्रतिशत र काँग्रेसले ४० प्रतिशत अवलम्बन गरेर आगामी चुनावमा गठबन्धनमा जान नेपाली काँग्रेस तयार रहेको तर सबै ठाउँमा दलहरुको हैसियतको आधारमा सिट बाँटफाँट गर्दा जित्न सकिने बताए । बिहिवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले बुटवलमा आयोजना गरेको आगामी चुनावमा दलहरुको भूमिका विषेयक साक्षात्कार कार्यक्रममा वोल्दै सभापति पुनले हालै सम्पन्न स्थानिय तहको सिटको आधारमा आगामी एमालेले चुनावमा हार्ने निश्चित भएको ठोकुवा गरे । उनले एमालेको पालामा ठूला ठुला भ्रष्टाचारका काण्ड बाहिर आएको बताए । कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेशका उपाध्यक्ष एंव प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धनको कुनै औचित्य नरहेको भन्दै, देश र जनताको पक्षमा नरहेको जिकिर गरे । उनले पाँच दलिय गठबन्धनले संविधानलाई कमजोर वनाएर देशलाई डुवाउने काम गरेको दावी गरे । नेता श्रेष्ठले नागरिता ऐन, एमसिसि, एसपिपि जस्ता कुरालाई गठबन्धनले वढवा दिएर देशका लागि अहितपूर्ण काम गरेको आरोप लगाउँदै, एमाले वलियो भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताए । उनले एमालेले बहुमत ल्याउने जिकिर गरे । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले नेपाली राजनितिमा विश्वासको संकट भएको वताए । उनले, अघिल्लो स्थानिय तहको चुनावलाई हेर्दा पार्टी भित्र र गठबन्धनमा विश्वासघात भएको केलाउँदै जनताले पनि आफ्नो स्वाभिमान बिर्सिएकाले जसले धेरै पैसा बाँड्छ उसैलाई नै मत दिने भएकाले राजनितिक दलहरु सुघ्रिने मौका नपाउने उल्लेख गरे । पहिले गरिएको एमाले माओवादी वामगठबन्धनमा शिर्ष नेताको अहंकारका कारण लामो समय टिक्न नसकेको जनाउँदै, वर्तमान लोकतान्त्रिक गठबन्धन भित्र विश्वासको वातावरण वढाउनुपर्ने बताए । घर्तिले गत स्थानीय तहको चुनावलाई हेर्दा काँग्रेसले काँग्रेसलाई हराएको र काँग्रेसले माओवादी उम्मेदवारलाई मत नदिएर हार खाएको स्मरण गर्दै विश्वासलाई समटेर आगामी निर्वाचनमा जान आग्रह गरे । यद्यपी, गठबन्धन भित्र विश्वास नभएर घात गरेर जाने हो भने, गठबन्धन गर्न आवश्यक नरहेको भन्दै एक्लाएक्लै चुनाव लडेर आफ्नो राजनीतिक दलको नैतिकता बचाउँदा राम्रो हुने सुझाएका थिए । साक्षात्कारमा नेकपा एसका लुम्विनी प्रदेश सचिव राजु गुरुगंले एउटै दलका नेताले चुनाव जित्दा अहंकार वढ्दै गएको वताउँदै आगामी चुनावमा युवा पुस्तालाई जिताउनु पर्ने औल्याए । नेता गुरुगंले संघियता, संविधान, धर्मनिरपेक्षता र लोकतन्त्र जस्ता उपलब्धिहरुलाई संस्थागत गर्नका निम्ति गठबन्धनलाई कसिलो, मजबुत वनाएर आगामी निर्वाचनमा जाने तयारी भैरहेको ठोकुवा गरे । गठबन्धनमा नेकपा एसलाई तेस्रो स्थान हुनेगरी दावी गर्दै लुम्विनी प्रदेशबाट राम कुमारी झाँक्री सहित ४ जनाको उम्मेदवारी हुने वताए । रुपन्देही क्षेत्र नं.२ मा नेकपा एसको दावी रहेकोले एमालेका विष्णु पौडेलको विरुद्ध आफुले उम्मेदवारी दिने उद्घोष गरे । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्ववका उपाध्यक्ष तेजेन्द्र केसीले गरेका थिए ।
Tags: