कञ्चन बाँध निर्माण सम्पन्न

Image
रुपन्देही – संघीय सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले रुपन्देहीको कञ्चन बाँध सिंचाई आयोजनाको बिहीवार उदघाटन गरेकाछन् । १२ करोड ७६ लाख २८ हजार ६ सय ५५ रुपैयाँको लागतमा निर्माण सम्पन्न सिंचाई आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको ऐतिहासिक गैडहवा तालमा पानी पु¥याउने र त्यहाँबाट सिंचाई योजनाहरु संचालन गर्ने आयोजनाको मूख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ । उक्त आयोजनाबाट रुपन्देहीको गैडहवा गाउँपालिका, लुम्बिनी नगरपालिका , कन्चन र मायादेवी गाउँपालिकाका धेरै वडामा सिंचाई सुविधा उपलब्ध हुने भएको छ । कञ्चन बाँधबाट रुपन्देहीको दक्षिण पश्चिम क्षेत्रका करिव पाँच हजार बिगाहा भन्दा बढी क्षेत्रफलमा सिंचाई सुविधा पुग्ने भएको छ । सिंचाई आयोजनाको उद्घाटन गर्दै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले रुपन्देहीका ग्रामिण क्षेत्रमा धेरै पुल र सडकहरु बनेपनि सिचाई गर्ने बाँधको अभावमा खेतहरु धेरै बाँझो भैरहेकोले अव कञ्चन बाँधले यस क्षेत्रका किसानलाई धेरै सुविधा पुग्ने बताए । लुम्विनी प्रदेश सभाका प्रमुख सचेतक फकरुद्दीन खानले सिंचाई बिना अन्न उत्पादन हुन सक्दैन भन्दै अन्य भौतिक पूर्वाधार जस्तै सडक बनाउनु भन्दा पहिले सिंचाई आयोजना बनाउनु जरुरी रहेका बताए । उले आफूले सिंचाईलाई पहिलो प्राथमिकता दिने बताए । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सिंचाईको अभावका कारण कृषि उत्पादन प्रभावित भएकोले अब सिंचाईको व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले नेपाल कृषि प्रधान मुलुक भएपनि कृषिमा आत्मनिर्भर हुन नसकिएको भन्दै अझैपनि पानीको अभावमा खेतहरु बाँझो रहेकोले सिंचाईको व्यवस्था गरेर कृषिलाई समृद्ध बनाउनुपर्ने बताए । क्याप्सनः कन्चन बाँधको उदघाटनपछि बाँध अवलोकन गर्दै सार्वजनिक लेखा समितिका सभापति शाह लगायत अतिथी र स्थानीयहरु ।
Tags: