वानमा प्रेस युनियनको बर्चश्व

Image
भक्तपुर – व्यवसायीक रेडियो सञ्चालकहरुको संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) को नयाँ कार्यसमितिमा प्रेस युनियन निकट व्यवसायीहरुको नेतृत्व र वर्चश्व स्थापित भएको छ । भदौ ४ र ५ गते भक्तपुरको जर्मन होम्समा सम्पन्न अधिवेशनले कार्यसमितिका सबैलाई सर्वसम्मत चयन गरेको हो । सर्वसम्मत नयाँ कार्यसमितिमा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र मिडिया नेपालको समर्थन रहेको छ । पाँच संगठनका बीचमा भगबण्डा गर्नुपर्दा पनि युनियनले नेतृत्व र झण्डै आधा पदमा आफ्ना उम्मेदवारलाई स्थापित गर्न सफल भएको छ । कुल ११ पदाधिकारी मध्ये अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव र सहकोषाध्यक्ष गरी पाँच पदाधिकारी युनियन पक्षका निर्वाचित भएका छन् । त्यसैगरी कुल ३७ सदस्यीय कार्यसमितिमा १७ जना युनियनका रहेका छन् । वानको नयाँ अध्यक्षमा भने तत्कालिन कार्यवहाक अध्यक्ष कुमार भट्टराई निर्वाचित हुनुभएको छ । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा उज्ज्वल चौलागाई, उपाध्यक्षमा दुर्गा अधिकारी, गोविन्दराज रोस्वारा, राजकुमार थापा, महासचिवमा नविनवावु राई, उप महासचिवमा नवराज खनाल, सचिवमा किरण पाण्डे, महिला सचिवमा रेवती पराजुली, कोषाध्यक्षमा हरि जोशी र सहकोषाध्यक्षमा विपिन ढुङ्गाना निर्वाचित भएकाछन्। ती मध्ये अध्यक्ष भट्टराई, उपाध्यक्षद्धय अधिकारी र थापा, महासचिव राई र सहकोषाध्यक्ष ढुङ्गाना युनियन निकट हुन् । वानको नेतृत्व आफ्नो पक्षमा पार्न युनियन अध्यक्ष शिव लम्साल उपाध्यक्ष जीवन भण्डारी, महासचिव दिलिप पौडेल अभियान नै संचालन गरेर लागेका थिए ।
Tags: