विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न उद्योगीको आग्रह

Image
काठमाडौं– उद्योगीहरुले औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको बताएकाछन् । मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू दैनिक विना कुनै पूर्व सूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थलापर्ने अवस्थामा पुुग्न थालेको उनीहरुको भनाई छ । शनिबार एक विज्ञप्ति जारी गर्दै उद्योगीहरुको संगठन उद्योग वाणिज्य संघले यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकुल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको जनाएको छ । चर्को लोडसेडिङले अब उद्योग संचालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउंदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रह सहित सयौं उद्योगहरूबाट महासंघमा अनुरोध पत्र आएको जनाइएको छ । महासंघले लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत आपूर्ति बन्द हु“दा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहु“दा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हु“दा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र सा“वा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएकोतर्फ महासंघ सरकार र नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनि विगतमा पटकपटक गरेको प्रतिवद्धताको महासंघ स्मरण गराउन चाहन्छ । यसले मुुलुुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का दिनेमा हाम्रो चिन्ता छ । एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विना सूचना घण्टौं विद्युत आपूर्ति अवरुद्ध पार्नुले थपचिन्ता प्रकट गरेको छ ।’ उत्पादन लागत निरन्तर बढीरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको सोधनान्तर घाटालाई थप फराकिलो बनाउने महासंघको भनाइ छ । विद्युतको नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुुम्न गई समग्रमा निर्यातनै प्रभावित हुनेछ । विद्युत उर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग संचालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागतका कारण त्यो असम्भव प्राय छ र त्यसरी उत्पादन गरेका वस्तुु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आमजनजीवन थप कष्टकर हुने महांसंघको विश्लेषण छ ।
Tags: