लम्कीचुहाको बादी बस्तीमा १३० भूमिहिन दलित परिवारले पाए लालपूर्जा

Image
कैलाली– कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ को बादी बस्तीका १३० भूमिहिन दलितले जग्गाधनी प्रमाणपत्र पाएकाछन् । उनीहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मंगलबार प्रमाणपत्र वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र भूमिहिन दलित, भूमिहिन सुकुम्वासीको हक अधिकार स्थापित गर्र्न भूमिहिनलाई भूमि वितरणको काम गरिरहेको बताइन् । मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन अनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडी बढीसकेको पनि बताइन् ।
Tags: